शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ७३ वर्षीया भारतीय महिलाले जन्माइन जुम्ल्याहा बच्चा 

७३ वर्षीया भारतीय महिलाले जन्माइन जुम्ल्याहा बच्चा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भारत, आन्ध्र प्रदेशको गुन्टूरमा ७३ वर्षीया महिलाले जुम्ल्याहा छोरी जन्माएकी छन् । 

बुधबार विहान १०ः३० बजे येरमति मंगायम्माले दुई शिशुलाई जन्म दिएको र शिशु र आमा स्वस्थ रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  

सी–सेक्सन (शल्यक्रिया) बाट जन्मिएका बच्चालाई २१ दिनसम्म चिकित्सकको निगरानीमा राखिने चिकित्सकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

येरमति मंगायम्मा संभवतः संसारमै सबैभन्दा धेरै उमेरमा सन्तान जन्माउने महिला हुन् । अहिलेसम्म अधिक उमेरमा बच्चा जन्माएको आधिकारिक रेकर्ड स्पेनकी मारिया डेल कार्मेन बाउसाडा लाराको नाममा छ, जसले ६६ वर्षको उमेरमा जुम्ल्याहा शिशु जन्माएकी थिइन् । 

वर्षौ अस्पतालको चक्कर

जुम्ल्याहा बच्चा पाएपछि मंगायम्माले खुशी हुँदै भनेकी छन्, “मानिसहरु मलाई बाँझी भन्ने गर्थे । मैले निकै पीडा सहेकी छु । त्यसैले यो उमेरमा भए पनि सन्तान जन्माउने निर्णय गरें । मेरो जीवनमा यो सबैभन्दा ठूलो खुशीको क्षण हो ।”

मंगायम्माका पति यरापति सीताराम राजारावले पनि सन्तान जन्मेको खुशी हुँदै चिकित्सकलाई धन्यवाद दिएका छन् । 

जीवनको धेरै समय अनेर्कौ अस्पतालमा चक्कर लगाएको र बच्चा जन्माउन अनेकौं तरिका अपनाएको भन्दै उनले नौ महिनादेखि अस्पतालमै बसिरहेको बताए ।

उमेर निकै भइसकेकाले मंगयम्माले चिकित्सकीय सहयोगबीना बच्चा पाउन सम्भव थिएन । 

गर्भधारणका लागि मंगायम्माले एक दाताबाट डिम्ब लिइन् र प्रयोगशालामा आईभीएफ विधिमार्फत उनका श्रीमान सीतारामको शुक्राणुबाट सेचन गराइयो । 

त्यसपछि बनेको भ्रूणलाई मंगायम्माको गर्भमा प्रतिस्थापित गरियो । अन्ततः उनी वृद्धावस्थामा गर्भवती भइन् ।  

धेरै उमेर भइसकेका महिलामा गर्भधारणको प्रक्रिया जटिल हुन्छ र त्यस्ता गर्भवती महिलाले अरुभन्दा धेरै सावधानी अपनाउनु पर्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।