शुक्रबार, साउन २९, २०८३

फेरि खुकुरीले हानेर श्रीमानले गरे श्रीमतिको हत्या 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

खोटाङ- श्रीमानले प्रहार गरेको खुकुरीबाट खोटाङमा श्रीमतीको घटनास्थलमै ज्यान गएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले ३० वर्षीया श्रीमती देविका राईलाई बिहीबार राति टाउकोमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको हो ।

श्रीमतीको हत्या गरेलगत्तै स्थानीयवासीले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलीले सीतारामलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए । 

प्रहरीका अनुसार हत्याको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका सीतारामलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक आमोद खेरवालले जानकारी दिए । राई दम्पतीको एक छोरा छन् । 

यसअघि रुकुम पश्चिममा तिजकै दिन अर्थात भदौ १६ गते खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतिको हत्या गरेका थिए । मुसीकोट नगरपालिका ३ माछिमिका २७ वर्षीय नविन खड्काले २५ वर्षीया श्रीमति कमला बुढाथोकी खड्काको हत्या गरेका थिए । 

यस्तै गएको साउन ३२ गते गोरखा नगरपालिका ९, लक्ष्मीबजारमा स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको हत्या गरेका थिए । घरायसी बिबादपछि याकुबले खुर्पाले घाँटी रेटेर हत्या गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।