शुक्रबार, साउन २९, २०८३

एनआरएनको अध्यक्षमा आचार्यको उम्मेदवारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आगामी असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा हुन लागेको प्रवासी नेपालीहरूको साझा संगठन गैरआवासीय नेपाली संघ (एनआरएन)को सम्मेलनका लागि उपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । 

उनले प्रेस विज्ञप्तिमार्फत् उम्मेदवारी घोषणा गरेका हुन् ।

गैरआवासीय नेपालीको भावना र चाहना पूरा गर्न उम्मेदवारी दिएको बताए । उनले भने, ‘एनआरएनमा स्पष्ट दृष्टिकोण र योजनासहितको नेतृत्व चाहिएको छ। त्यसैले गैरआवासीय नेपाली साथीहरूको भावना र चाहना अनुरूप अध्यक्षमा मैले आफ्नो उम्मेदवारी घोषणा गरेको छु ।’ 

उनले निर्वाचन जिते गैरआवासीय नेपालीको नागरिकता आफ्नो उच्च प्राथमिकतामा पर्ने बताए। साथै प्रत्यक्ष वैदेशिक लगानीमार्फत् नेपालमा विदेशी पूँजी, प्रविधि र जनशक्तिको परिचालनमा योगदान गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन्। 

एनआरएनको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका आचार्यले एनआरएन अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । उनी कुशल र स्थापित व्यवसायी हुन्। पर्वत घर भएका आचार्यका बेलायतस्थित लण्डनमा रेस्टुरेन्टलगायत अन्य व्यवसाय छन् । 

सम्मेलन नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुँदैछ ।  

सम्मेलनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन हुने बताइएको छ। संघको आन्तरिक आयोजक समितिको गठन भने वर्तमान अध्यक्ष भवन भट्टको अध्यक्षतामा हुने भएको छ। यस वर्षको सम्मेलनको मूल नारा ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ रहनेछ। 

 सन् २००३ अक्टोबर ११ मा स्थापना भएको एनआरएनकाे महाधिवेशन दुई-दुई वर्षमा महाधिवेशन हुने गरेकाे छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।