शुक्रबार, साउन २९, २०८३

दोलखामा खोलाले जीप बगायो, एक जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

चरिकोट- लगातार परेको वर्षासँगै दोलखाको सुन्द्रावती खोलामा आएको बाढीले जीप बगाउँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार राति ११ बजे सिंगटीबाट चरिकोट आउँदै गरेको बा १९ च ४३९० नम्बरको जीपलाई बगाउँदा एक जनाको मृत्यु भएको हो ।
 
मृत्यु हुनेमा तामाकोसी गाउँपालिका–३, जफेका २४ वर्षीय अनिश पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । यस्तै तामाकोसी गाउँपालिका–३, जफेका विकज पोखरेल र रामेछाप लिखु तामाकोसी गाउँपालिका–२ का पवन पौडेल घाइते भएका छन् । 

उनीहरुको सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीपलाई खोलाले बगाएर करिब १० मिटर तल पुर्याएको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।