शुक्रबार, साउन २९, २०८३

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्त्री ओली आज अपरान्ह थाई एयरवेजबाट स्वदेश फर्कने जानकारी दिए । 

मिर्गौलासम्बन्धी उपचारका लागि ओली गत भदौ ५ गते सिंगापुर गएका थिए । उनको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा फेरिसिस प्रक्रियाबाट उपचार गरिएको थियो । सातौं चरणको प्लाज्मा फेरिसिस गत बुधबार सकिएपछि प्रधानमन्त्री स्वेदश फर्किन लागेका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न सिंगापुर गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि ओलीसँगै फर्कनेछन्। 

प्रधानमन्त्री ओलीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्यलगायत सहभागी छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाह भने यसअघि नै फर्किसकेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।