काठमाडौं- नेपाली सेनाको ट्रकको ठक्करबाट सुन्धारामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
त्रिपुरेश्वरबाट सुन्धारातर्फ गइरहेको बा १ ग ३४५६ नम्बरको ट्रकले बा ८६ प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अर्घाखाँची जिल्ला मालारानी स्थायी घर भएका बर्ष ३५ को लेख मगरको मृत्यु भएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशखाका अनुसार एउटै दिशामा आइरहेको ट्रकले खानेपानी संस्थान नजिकै सडक किनारमा मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनापछि सेनाको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाका विषयमा अनुसन्धान भइराखेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४