बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशभर सक्रिय मनसुन कायमै, काठमाडौंमा बिहानैदेखि भारी वर्षा

देशभर सक्रिय मनसुन कायमै, काठमाडौंमा बिहानैदेखि भारी वर्षा

केही दिन यता देशभर सक्रिय मनसुन कायमै रहेको छ। मनसुन सक्रिय हुँदा पछिल्ला दिनमा नेपालमा लगातार पानी परिरहेको छ।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

काठमाडौं- केही दिन यता देशभर सक्रिय मनसुन कायमै रहेको छ। मनसुन सक्रिय हुँदा पछिल्ला दिनमा नेपालमा लगातार पानी परिरहेको छ। 

वर्षाका कारण बाढीपहिरोका घटना बढ्न थालेको गृह मन्त्रालय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।  

आइतबार बिहान बागमती, प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा भने बिहानै भारी वर्षा भइरहेको हो।

आज दिउँसो पनि अधिकांश भूभागमा पानी पर्नेछ। प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। राति प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको आँकलन गरिएको छ।

महाशाखाका अनुसार सोमबार धेरै स्थानमा वर्षाको सम्भावना छ, राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । मंगलबारदेखि मौसममा केही सुधार आउने महाशाखाले जनाएको छ।

प्रकाशित: Aug 29, 2021| 07:10 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।