शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्री अर्यालले भनिन् : सहकारी नेतालाई होमवर्क दिन्छु

मन्त्री अर्यालले भनिन् : सहकारी नेतालाई होमवर्क दिन्छु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी क्षेत्रका अभियन्तालाई होमवर्क दिने बताएकी छिन्। सहकारी क्षेत्रमा 'कुरा बढी, काम कम भन्ने' गुनासो सुनिरहेको बताउँदै उनले भनिन्, 'एक नेता, एक गाउँपालिका जिम्मा दिएर त्यहाँ फर्म खोलेर उत्पादन गर्न लगाउँछु, त्यो नै अभियन्ताहरुको होमवर्क हुनेछ।’ उनले सो कामको बेला-बेलामा मूल्यांकन पनि गरिने बताइन्।
 
नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारीले अब उत्पादनमा लाग्नुपर्ने बताइन्। उनले सहकारीलाई उत्पादनमा लगानी गर्नुस भन्दा सहकारी अभियन्ताले सहकारी क्षेत्रलाई बुझ्नु भएन की भन्ने प्रश्न गरेको भन्दै सहकारी क्षेत्रलाई राम्ररी बुझेकै कारण उत्पादनमा लाग्न आग्रह गरेको बताइन्। 

‘सहकारी क्षेत्रलाई मन्त्रीले बुझ्नुभएन कि भनेर अभियन्ताले भन्नुहुन्छ। तर मैले मज्जाले बुझेको छु’, मन्त्री अर्यालले भनिन्,‘अबको दिशा समृद्धि, विकासकै दिशा हो।'
 
उनले सन्दर्भ व्याजदरको बारेमा सहकारी क्षेत्रसँग कुनै समस्या नभएको बताउँदै ऐन अनुसार नै व्याजदर निर्धारण गरेको बताइन् । 

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले उत्पादन र सेवा क्षेत्रमा काम गर्न विभिन्न ऐन बाधक रहेको भन्दै त्यसलाई संसोधन गर्न माग गरे।
 
दुई पत्रकार सम्मानित

यसैबीच सहकारी पत्रकार समाजको स्थापना दिवसको अवसरमा दुई पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ। कार्यक्रममा ’सिजेएन राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कारबाट’ क्लिकमाण्डु डटकमकममा कार्यरत शोभित थपलियालाई र संस्थापक उपाध्यक्ष डिल्ली सापकोटालाई सम्मान गरिएको हो। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।