सोमबार, जेठ १८, २०८३

कांग्रेस झापा जिल्ला सभापतिमा दुई जनाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा जिल्ला सभापति पदमा दुई नेताले उम्मेदवारी दिने घोषणा गरेका छन्।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

झापा- नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा जिल्ला सभापति पदमा दुई नेताले उम्मेदवारी दिने घोषणा गरेका छन्।

National life

पार्टीका वर्तमान उपसभापति राम कट्टेल र निवर्तमान उपसभापति देउमान थेबेले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

जिल्लाबाट १६ हजार बढी क्रियाशील सदस्य नवीकरण र १७ हजार बढी नयाँ सदस्यताका लागि सिफारिस गरिएको पार्टी सभापति उद्धव थापाले जानकारी दिए। उनले दुई नेताले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरे पनि सकेसम्म सबैलाई मिलाएर सहमतिमा नेतृत्व चयन गर्न पहल भइरहेको बताए। 

'हामी वडादेखि नगर, जिल्ला र प्रदेश तहसम्म नै सहमति र सहकार्यमा नेतृत्व चयन गछौं । यसको मुख्य आधार भनेको पार्टीको संगठन बलियो बनाउन गरेको निष्ठा, त्याग र समर्पण हो', उनले भने, 'त्यो सम्भव नभए मात्र प्रतिस्पर्धा हुन्छ।' जिल्ला सभापतिमा दुई कार्यकाल पूरा गरिसकेका उनले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्।

प्रकाशित: Aug 29, 2021| 06:43 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।