शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाकिस्तानी पप गायिका राबीले सर्पसँग खेल्दै मोदीलाई धम्की दिएको भिडियो भाइरल

पाकिस्तानी पप गायिका राबीले सर्पसँग खेल्दै मोदीलाई धम्की दिएको भिडियो भाइरल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पाकिस्तानी पप गायिका राबी पीरजादाले एउटा विचित्रको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै कश्मीरको विशेषाधिकार खोसेकामा उनीमाथि सर्प र गोही छोडेर मार्ने धम्की दिएकी छन् ।  

सञ्जालमा भाइरल भइरहेको यो भिडियो हेर्नेहरुले पीरजादालाई मजाकमा उडाएका छन् । 

 ५० सेकेन्डको भिडियो क्लिपमा सर्प र गोहीबाट घेरिएकी पीरजादाले आफूलाई कश्मीरी महिलाका रुपमा प्रस्तुत गरेकी छन् । त्यसपछि उनी भन्छिन्, “मोदी तिमीले कश्मीरका जनतालाई दुख दिइरहेका छौ । अब हेर मैले तिम्रा लागि कस्तो तयारी गरेकी छु । तिमी नरकमा जाऊ । यि मेरा साथीहरु (सर्प, गोही) ले तिम्रो भोज गर्नेछन् । 

त्यसपछि उनले सर्पलाई हातमा उचालेर कश्मीरको ‘न्यायका लागि’ गीत पनि गाएकी छन् । 

यस्तो धम्कीपूर्ण भिडियो देखेर पाकिस्तान र भारत दुवैतर्फका सामाजिक सञ्जाल प्रयोगकर्ता हाँसेका छन् । 
 
https://twitter.com/Rabipirzada/status/1168566741162778625?s=20
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।