शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ देखि, यस्ता छन् कार्यक्रम

कांग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ देखि, यस्ता छन् कार्यक्रम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भदौ २४ गतेदेखि गर्ने भएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियान भदौ २४ गतेदेखि असोज ७ गतेसम्म चल्ने जानकारी दिए।

वीपी कोइरालाको १०६ औं जन्म जयन्तिको अवसर पारेर अभियान सुरु गर्न लागिएको शर्माले बताए। अभियानको सुरुवात हरेक प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा वृक्षारोपणसँगै हुनेछ।

‘वीपीको १०६ औं जन्मजयन्तिको प्रतिक स्वरूप हरेक निर्वाचन क्षेत्रमा १०६ वटा विरूवा रोप्ने कार्यक्रम तय भएको छ,’ शर्माले भने, ‘तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा एकै दिन ३४ हजार नौ सय विरूवा रोप्छौं।’

दोस्रो चरणको अभियान हिमाल, पहाड, तराई लक्षित हुने र बढ्दो महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार तथा अलोकतान्त्रिक विधेयकविरुद्ध केन्द्रीत हुने शर्माले बताए।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।