शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हङकङ सरकारद्वारा विवादास्पद सुपुर्दगी विधेयक फिर्ता, चीनको समर्थन रहेको ल्यामको भनाई 

हङकङ सरकारद्वारा विवादास्पद सुपुर्दगी विधेयक फिर्ता, चीनको समर्थन रहेको ल्यामको भनाई 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

हङकङ–  हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामले सन्दिग्ध अपराधी चीनलाई सुपुर्द गरिने विवादास्पद विधेयक फिर्ता लिइएको घोषणा गरेकी छन् । 

बिहीबार हङकङमा पत्रकार सम्मेलन आयोजना गरी ल्यामले विधेयक फिर्ता लिएको र यो निर्णयमा चीन सरकारको पनि समर्थन रहेको दाबी गरेकी छन् ।

पत्रकार सम्मेलनमा उनले भनिन्, “चिनियाँ सरकारले विवादास्पद सुपुर्दगी विधेयक फिर्ताको कुरा बुझेको छ, यो निर्णयको सम्मान र समर्थन गर्छ ।” 

चीन सरकारले हङकङमा कडा नीति लागू गरेर स्वतन्त्रता हरण गर्न लागेको भन्दै हङकङमा तीन महिनादेखि विरोध प्रदर्शनहरु भइरहेका थिए । 

यसअघि बुधबार पनि अडियो सम्बोधन जारी गर्दै ल्यामले विधेयक फिर्ता लिइने घोषणा गरेकी थिइन् । 

यद्यपि, ल्यामको राजीनामा माग गरिरहेका आन्दोलनकारीले यो निर्णय निकै ढिलो गरी आएको भन्दै अब पूर्ण लोकतान्त्रिक अधिकारको सुनिश्चितता, आन्दोलनका क्रममा भएको प्रहरी दमनको छानविन र ल्यामको राजीनामालाई मुख्य मुद्दा बनाएका छन् । 

ल्यामले भने विधेयक दर्ता गराउने बेलादेखि फिर्ता लिने निर्णय गर्दासम्म चीन सरकारले समर्थन गरेको बताएकी छन् । उनले विधेयक फिर्ताको निर्णयसँगै धेरै असन्तुष्टिहरुको सम्बोधन भएको र आन्दोलनकारीसँग सौहार्दपूर्ण छलफलको बाटो खुलेको बताएकी छन् ।

सन् १९९७ देखि चीन अन्तर्ग रहेको हङकङमा ‘एक देश, दुई व्यवस्था’ अन्तर्गत चीनले शासन गर्दै आएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।