शुक्रबार, साउन २९, २०८३

धनगढीबाट ४ थान पेस्तोल र गरगहनासहित ३ पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- कैलालीको धनगढीबाट प्रहरीले चार थान पेस्तोल र सुनका गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोसहित जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार साँझ धनगढी उप–महानगरपालिका– ३ चटकपुरको एक घरबाट चार थान पेस्तोल, सुनका गहना सहित तीन जनालाई पक्राउ गरेको हो। 

धनगढी–६ का सन्जय राणासहित अन्य दुई जना पक्राउ गरेको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीले पेस्तोलसहित पक्राउ परेको जानकारी दिए। घट्ना अनुसन्धानकै क्रममा रहेकाले विस्तृत जानकारी दिन नसकिने उनले बताए । 

उनीहरुबाट राष्ट्र बैंकका नक्कली कागजात, किर्ते तमसुक, सुनका गहना पनि बरामद भएको प्रहरी श्रोतले जानकारी दिएको छ । बरामद गरिएको सुनको परिणाम पनि खुलेको छैन । स्रोतका अनुसार बरामद गरिएको सुनका गहना ५०/६० तोला सम्म रहेको अनुमान गरिएको छ । 

कोठा भाडामा लिएर बसिरहेका तीनै जनाको शंकास्पद गतिबिधी बारे जानकारी पाएपछि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्युरोको टोली धनगढी आईपुगेको बुझिएको छ । समाचार स्रोतका अनुसार प्रहरीले घट्नामा संलग्न एक जनालाई ४/५ दिन पहिले नै पक्राउ गरेको थियो । 

पक्राउ परेको व्यक्तीकै सुचनाका आधारमा ठूलै अपराधिक गिरोह हुन सक्ने देखिएपछि कैलाली प्रहरीले सिआईविको टोली बोलाएको बुझिएको छ । सिआईविको टोली पनि कैलाली पुगेको चार दिन पुगेको छ । ठगी लगायत थुप्रै अपराधमा संलग्न गिरोह हुन सक्ने आशंका छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।