शुक्रबार, साउन २९, २०८३

गौहत्या प्रकरण : घटना मिलाउन नक्कली पत्र !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- गौहत्या प्रकरणबारे छानबिन सुरु भएसँगै घटना मिलाउन नक्कली पत्र तयार पारिएको छ । 

जिल्ला समन्वय समिति, दैलेखले घटनाको साता दिनपछि नेपालगन्ज उपमहानगरबाट भदौ ८ गते नै गाई मगाएको पत्र सार्वजनिक गरेसँगै यसको खुलासा भएको हो । 

सातादिनसम्म घटनाबारे मौन रहेको जिल्ला समन्वय समिति, दैलेखले बुधबार पत्र सार्वजनिक गरेसँगै स्थानीयले पत्रको बैधताबारे आशंका गरेका छन् । उनीहरूले घटना मिलाउन रातारात नक्कली पत्र तयार पारिएको आरोपसमेत लगाएका छन् । 

पत्रमा जिससका प्रमुख प्रेमबहादुर थापा र उपप्रमुख लक्ष्मीदेवी शाहले हस्ताक्षर गरेका छन् । 

पत्रमा दैलेखमा रहेको पञ्चकोशी श्रीस्थान, नाभीस्थान, कोटिला, धुलेश्वर, पादुकालगायत धार्मिक स्थलमा पाल्न र नारायण नगरपालिकालगायत क्षेत्रमा व्यावसायिक गाईपालन गर्न गाई मगाइएको उल्लेख छ । 

तर, श्रीस्थान मन्दिर व्यवस्थापन समितिले भने घटनाको भोलिपल्ट अर्थात् भदौ १४ गते नै गाई नमगाएको स्पष्ट पारेको थियो । 



यस्तै, नारायण नगरपालिकाकाले प्रेस विज्ञप्ति जारी गरी गाई नमगाएको जनाएकाे छ । 



व्यक्तिगत स्वार्थका लागि जिसस, दैलेखका पदाधिकारीले रातारात नक्कली पत्र तयार गरेको स्थानीय तहका पदाधिकारी र श्रीस्थान मन्दिर व्यवस्थापन समितिको आरोप छ । 

जिसस, दैलेखले नेपालगन्ज उपमहानगरसँग गाई मगाएको खुलासा गरेपछि सदस्य तथा कर्मचारी आश्चर्यमा परेका छन् । निमित्त जिल्ला समन्वय अधिकारी पदमबहादुर सापकोटाले गाई मगाइएको पत्रबारे आफूलाई जानकारी नभएको बताए ।

नेपालगन्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेललाई जोगाउन नक्कली पत्र तयार पारिएको स्थानीयको आशंका छ । 

जिसस दैलेखका प्रमुख थापा र नेपालगन्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेल नाताले ज्वाइँ–जेठान पर्छन् । प्याकुरेल दैलेखका स्थानीय बासिन्दासमेत हुन् । साविक जिविस हुँदा प्याकुरेल दैलेखमा स्थानीय विकास अधिकारी थिए । 

घटनासँग सम्बन्धित तीन वटा निकायको पत्रको मिति एकैदिन भएकाले पनि घटना नियोजित हो भन्ने स्थानीयको आशंका छ । 

घटनाबारे जिसस दैलेख, नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेले भदौ ८ गते पत्र काटेका थिए । उपमहानगरले जिल्ला प्रशासन कार्यालय बाँकेमा गाई जिल्लाबाहिर लैजान अनुमति मागेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले पनि उपमहानगरलाई दैलेख गाई लैजान अनुमति दिएको छ । 



नेपालगंज उपमहानगरले ८ वटा ट्रकमा पठाएका २९१ गाई–गोरुमध्ये ३६ वटा बिहीबार राति सुर्खेतमा मरेको अवस्थामा भेटिएका थिए । 

घटनाबारे गृह मन्त्रालयका उपसचिव सागरमणि पाठक नेतृत्वको टोलीले सुर्खेतमा छानबिन थालेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।