शुक्रबार, साउन २९, २०८३

दुई जिल्लाका प्रावि शिक्षकको लिखित नतिजा सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- शिक्षक सेवा आयोगले दुई जिल्लाका प्रावि शिक्षकको लिखित नतिजा सार्वजनिक गरेको छ । 

आयोगले पहिलो चरणमा बुधबार सुदूरपश्चिमका बैतडी र दार्चुलाको नतिजा सार्वजनिक गरेको हो । 

आयोगले एकै पटक दरखास्त आह्वान गरेका निमावि र मावि तहका शिक्षक छनोट भए पनि प्रावि तहको नतिजा सार्वजनिक गर्न केही ढिला भएको हो । 

धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएकाले नतिजा सार्वजनिक गर्न समय लागेको आयोगले जनाएको छ । 

आयोगले प्रावि तहमा ९ हजार ९ सय ९६ दरबन्दीका लागि विज्ञापन आह्वान गरेको थियो । उक्त दरबन्दीका लागि १४ हजार १ सय २५ परीक्षार्थी लिखित परीक्षामा छनोट भएको आयोगले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।