शुक्रबार, साउन २९, २०८३

सांसदद्वारा गौहत्याका दोषीलाई कारवाही माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सांसदहरूले सुर्खेतमा गाई मारिएको घटनाका दोषीलाई कारवाही माग गरेका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनीहरूले घटना नियतवश गराइएको भन्दै दोषीलाई कारवाहीको माग गरेका हुन् । संसदमा यसबारे बोल्ने अधिकांश सांसद्ले नेपालगन्ज उपमहानगर प्रमुख, बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरीमाथि छानबिन गर्नुपर्ने धारणा राखे । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद राजबहादुर बुढा क्षेत्रीले नेपालगन्जका मेयरलाई लक्षित गर्दै हिन्दु धर्मको अगुवा भन्नेहरू र गाई चुनाव चिह्न भएकाहरूबाटै घटना भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीमाथि कटाक्ष गरे । ‘अहिले अरु पार्टीका मेयरले यस्तो गल्ती गरेको भए राप्रपाले जुलुस निकालिसक्थ्यो,’ उनले भने । 

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले गाई–गोरु दैलेख लैजाने भन्दै नियोजित ढंगले हत्या गरिएको आरोप लगाइन् । 

अर्का सांसद नवराज रावतले नेपालगन्ज उपमहानगरका मेयर धवलशम्शेर राणा गौहत्यामा संलग्न रहेको आरोप लगाए । उपमहानगरले नक्कली कागजात बनाएर गाई सुर्खेत लगी भीरबाट खसाएको उनको आरोप थियो । कागजपत्र बनाउन बाँकेका प्रमुख जिल्ला अधिकारी, प्रहरी र उपमहानगरका प्रशासकीय अधिकृत संलग्न रहेको उनले आरोप लगाए । 

यसबारे नेकपाका कृष्णप्रसाद दाहाल, इन्दु शर्मा र कांग्रेसका देवेन्द्रराज कँडेलले दोषीलाई कारवाहीको माग गरे । 

नेपालगन्ज उपमहानगरले दैलेखको श्रीस्थानका लागि आठवटा ट्रकमा पठाएको भनिएका २ सय ९१ गाई-गोरुमध्ये ४० सुर्खेतमा मरेको अवस्थामा भेटिएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।