शुक्रबार, साउन २९, २०८३

ठगलाई नै ठग्ने समूह प्रहरी फन्दामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– ठग समूहलाई नै नक्कली सुन तथा डलरको कारोबार गर्ने एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले नक्कली सुन तथा डलर देखाएर ढगी गर्ने समूहलाई बुधबार सुकेधाराबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका ९ जना नक्कली सुन तथा डलर कारोबारमा संलग्न रहेका महाशाखाले जनाएको छ। नक्कली सुन तथा डलर किन्न ग्राहाक बनेर जाने समूह समेत ठग नै रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धादिङ रुविभ्याली–३ स्थायी घर भइ ललितपुरको नख्खु बस्ने आर्यन तामाङ्ग, पेमा तामाङ्ग, कान्छा लामा तामाङ्ग, गोपाल, गुरुङ,  विनोद तामाङ्ग, धादिङ ज्वालामुखी –५ का डोर बाहादुर तामाङ्ग ,नुवाकोट तादी गाउँपालीका–५ का प्रकाश तमाङ्ग लगायत छन्।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार पक्राउ परेका उनीहरुले नक्कली सुन देखाएर किन्न आउने ग्राहकको रकम लुट्ने गरेका थिए। कतिपय अवस्थामा किन्न भनेर ग्राहक बनेकाहरुले नै नक्कली सुन  तथा डलर लुटेर भाग्ने गरेका थिए।

किन्ने र बेच्ने दुवै समूह ठग भएकाले उनीहरुको उजुरी प्रहरीसम्म आएको थिएन। प्रहरीले पाएको गोप्य सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन्।
 
एसएसपी थापाले भने, “काठमाडौंमा पछिल्लो समय यस्तो ठगी भैरहेको छ भन्ने सूचना पाएपछि महाशाखाको विशेष टोली गोप्य रुपमा परिचालित गरेका थियौं । पक्राउ परेका उनीहरुले बजार मूल्यभन्दा सस्तोमा सुन तथा डलर दिने भन्दै ग्राहकलाई फरक फरक ठाउँमा बोलाउने गर्दथे।”

नक्कली सुन खरिद गर्नेहरुसमेत दोस्रो समूहलाइ ठग्ने उद्देश्यले ग्राहक बनेर जाने गरेको महाशाखाले जनाएको छ । नक्कली सुन तथा डलर सस्तोमा दिने भन्दै एकान्तमा बोलाउने र एक समूहले अर्को समूहलाइ लुट्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकाहरु गुण्डागर्दिमासमेत संलग्न रहेको खुलेको छ। उनीहरुमाथि थप अनुसन्धान भैरहेको महाशाखाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।