शुक्रबार, साउन २९, २०८३

टिपर चालकमाथि कुटपिट पछि बन्द सडक खुल्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - जिल्ला प्रशासन कार्यालय रसुवाले चालक कुटिएको विषयमा छानविन गरि दोषिलाइ कारबाही गर्ने प्रतिवद्धता पछि टिपर चालकहरुको अवरोध हटेको छ।

मंगलबार दिउँसो रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेमा अवैध रुपमा पार्किङ गरिएको टिपर प्रहरीले हटाउन खोज्दा चालक आशिष तामाङ्गले प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनलाई नियन्त्रण लिन सामान्य बल प्रयोग गरेको प्रहरीले बताएको छ।

तामाङ्ग आमाछोदिङ्ग गाउँपालिकाका स्थानीय बासिन्दा हुन्। जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख डीएसपी भाग्यन्द्र पुरुष ढकालले दिएको जानकारी अनुसार मंगलबार दिउँसो चालक तामाङ्गले निषेधित क्षेत्रमा टिपर पार्किङ गरेका थिए।

प्रहरी प्रमुख ढकालले चालक तामाङ्गले प्रहरीमाथि अभद्र व्यवहार देखाएकाले उनलाई नियन्त्रण लिने प्रयास गरेको बताए। 'भिडियोमा ३ ,४ पटक बुट हानेको देखिएको छ । सो विषयमा छानविन गरी दोषिमाथि कारबाही हुन्छ।', उनले भने।

टिपर चालक माथि प्रहरीले ज्यादती गरेको भन्दै रसुवागढी-केरुङ्ग नाका चल्ने झन्डै ३ सय टिपर चालक बाटो बन्द गर्दै आन्दोलनमा उत्रिएका थिए। बाटो अवरुद्ध हुँदा केरुङ नाका हुँदै गोसाइँकुण्ड जाने तिर्थालुहरु अलपत्र परेका थिए।

जिल्ला प्रशासन कार्यालय रसुवाले यस विषयमा छानविन गरी दोषिमाथी कारबाही गर्ने जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।