शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गगन थापा भन्छन् : बिरामी 'बा' सरहका प्रधानमन्त्रीलाई आराम गर्न दिनुस्

गगन थापा भन्छन् : बिरामी 'बा' सरहका प्रधानमन्त्रीलाई आराम गर्न दिनुस्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम गर्न दिन नेकपालाई आग्रह गरेका छन्। बुधबार संसदमा बोल्दै थापाले सत्तारुढ नेकपासँग बहुमत भएको र पार्टीमा प्रधानमन्त्री हुने इच्छा राख्ने व्यक्तिहरु पनि भएको भन्दै प्रधानमन्त्री ओलीलाई किन विश्राम दिन नचाहेको भन्दै प्रश्न गरे।

थापाले प्रधानमन्त्री आलंकारिक पद नभएको भन्दै इच्छाशक्ति भएर मात्रै नहुने शारीरिक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्ने भन्दै प्रधानमन्त्रीलाई विश्राम लिन आग्रह गरे। उनले उपचाररत प्रधानमन्त्रीको स्वास्थ लाभको कामना समेत गरे । 

थापाले भने, 'इच्छाशक्तिले मात्र हुँदैन । शारीरिक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्दछ। अब नयाँ प्रधानमन्त्री छानौं । नेकपाभित्र दुई तिहाईको सरकार छ । प्रधानमन्त्री भइसकेको एक से एक व्यक्ति छन् । प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस्।’

'नेकपा सांसदहरुले प्रधानमन्त्रीलाई ‘बा’ भनेर सम्बोधन गरेको सुनेको छुँ, प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ। हामी हाम्रो बा बिरामी हुनु भएको भए के भन्थ्यौं ? बा, धपेडी नगर्नुस् । आराम गर्नुस् । विश्राम लिनुस् ।’, थापाले भने।

थापाले टेलिप्रिजेन्टमार्फत मन्त्रीहरुको ब्रिफिङ लिएर देश चलाएर शासकीय जिम्मेवारी पूरा नहुने बताए। कार्यकारी प्रमुख एकै पटक लामो समयसम्म देश बाहिर बस्दा राष्ट्रिय सुरक्षा, कूटनीतिक मर्यादा आदिमासमेत जोखिम आउन सक्ने उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।