शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कश्मीर प्रकरणमा मन्त्री ज्ञवालीको प्रतिक्रिया, ‘यो भारतको आन्तरिक मामिला हो’

कश्मीर प्रकरणमा मन्त्री ज्ञवालीको प्रतिक्रिया, ‘यो भारतको आन्तरिक मामिला हो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं–  भारतको जम्मू–कश्मीर  प्रकरणमा नेपाल सरकारको आधिकारिक धारण अहिलेसम्म आएको छैन । 

कश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानका धेरै धाराहरु खारेज गरिएपछि  कश्मीरमा जारी तनाव मथ्थर भएको छैन । भारत र पाकिस्तानबीचको तनाव पनि बढ्दो छ ।

यसैबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय सरकारी न्यूज एजेन्सी एएनआईलाई प्रतिक्रिया दिदै कश्मीरको विषय भारतको आन्तरिक मामिला भएको बताएका छन्।

इन्डियन ओसियन कन्फ्रेन्समा भाग लिन मालदिभ्स पुगेका मन्त्री ज्ञवालीले भनेका छन्, ‘त्यहाँको संविधान संशोधन गर्ने अधिकार भारतकै हो । त्यसकारण यसबारे हाम्रो कुनै टिप्पणी छैन।’

जम्मू–कश्मीर क्षेत्रमा कार्यरत नेपालीहरुका बारे आफ्नो चासो रहेको बताउँदै मन्त्री ज्ञवालीले भनेका छन्, ‘उनीहरु त्यहाँ सकुशल छन्, सुरक्षाका बारेमा हामीहरु भारत सरकारसँग निकट रहेर समन्वय गरिरहेका छौं ।”

मन्त्री ज्ञवालीले भारत र पाकिस्तानबीच जारी तनाव पनि कम हुने विश्वास व्यक्त गरेका छन् । 

उनले नेपाल सार्क राष्ट्रहरुको वर्तमान अध्यक्ष भएका नाताले सबै सदस्य राष्ट्रहरुलाई आपसी समस्या वार्ताका माध्यमबाट हल निकाल्न आग्रह गरिएको बताएका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।