शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्रदेशका निलम्बित मन्त्री खत्री अदालतमा उपस्थित

कर्णाली प्रदेशका निलम्बित मन्त्री खत्री अदालतमा उपस्थित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- अदालतले पक्राउ आदेश दिएका कर्णाली प्रदेश सरकारका निलम्वित मन्त्री खड्गबहादुर खत्री बुधबार (आज) अदालतमा हाजिर भएका छन् । 

उच्च अदालत पाटनले खत्रीलाई गएको साउन २७ गते तीन दिनभित्र उपस्थित हुन आदेश जारी गरेको थियो । अदालतले आदेश दिएको २५ दिनपछि आजमात्रै खत्री अदालतमा हाजिर भएका हुन । 

खत्री आज उच्च अदालत पाटनको वाणिज्य इजलासमा उपस्थित भएका हुन् । खत्रीको आजै अदालतले बयान लिनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । 

बैंकिङ् कसुरका दोषी अभियुक्त खत्रीलाई साउन ३१ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पदमुक्त गरिसकेका छन् ।

कृषि विकास बैंक भोजपुरबाट कीर्ते बैंक ग्यारेन्टी बनाएर खत्री लगायतका व्यक्तिले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको उनीमाथि अभियोग छ।  

खत्रीसहित ५ जनाले १ करोड १० लाख ८० हजार रुपैयाँ रकमको कीर्ते बैंक ग्यारेन्टी बनाएको भन्दै अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको हो । खत्री तत्कालीन नेकपा एमालेबाट सुर्खेत क्षेत्र नम्बर १ (ख) निर्वाचन क्षेत्रबाट प्रदेशसभा सांसद निर्वाचित भएका थिए ।

उनी निलम्बनमा परेपछि भौतिक पूर्वाधार विकास मन्त्रालय मुख्यमन्त्री शाहीले नै समाहलेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।