शुक्रबार, साउन २९, २०८३

करतारपुर कोरिडोरबारे भारत-पाक वार्ता हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जम्मू-कश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानको धारा ३७० का निश्चित दफाहरु खारेज भएपछि भारत-पाकिस्तान सम्बन्धबीचको तनाव झन् बढेको छ ।

यही तनावकै बीच पनि केही विषयहरुमा भने भारत पाकिस्तान छलफल भइरहेका छन् ।  

भारत र पाकिस्तनाका शिख धर्मालम्बीहरुलाई एक अर्काको देशमा रहेका धर्मस्थलहरुमा बेरोकटोक प्रवेश सहज बनाउने मार्ग करतारपुर कोरिडोर खुला गर्ने विषयमा आज भारत र पाकिस्तानबीच छलफल हुने भएको हो । 

प्रस्तावित अन्तरदेशीय मार्ग  करतारपुर करिडोरले भारतको पंजाब राज्यमा रहेको डेरा बाबा नानक शाहीब तीर्थस्थलबाट पाकिस्तानको पंजाब राज्यमा रहेको गुरुद्वारा दरबार शाहीब करतारपुरलाई जोड्छ । 

४.७ किलोमिटर दुरीको यो मार्गबाट धार्मिक स्थल दर्शनका लागि जाँदा आउँदा भिसा समेत नलाग्ने व्यवस्थाका लागि छलफल हुन लागेको हो । 

यो कोरिडोर पहिलो पटक सन १९९९ मा पाकिस्तान र भारतका प्रधानमन्त्रीहरु नावाज शरिफ र अटल बिहारी वाजपेयीद्वारा प्रस्तावित गरिएको थियो । 

यो मार्गको परिचालनका लागि दुई देशका उच्च अधिकारीहरुका बिच भारतको अटारीमा छलफल हुन लागेको हो । 

वार्ताका क्रममा दुबै देशका प्रतिनिधिहरुले करतारपुर कोरिडोर सञ्चालनका लागि एक प्रारम्भिक मस्यौदामा छलफल गरी विद्यमान केही असमझदारीहरु हटाउने कोसिस गर्ने छन । 

सन १९४७ मा बेलायतले दक्षिण एसियाबाट आफ्नो उपनिवेश त्यागेर जानेक्रममा भारत, पाकिस्तान, श्रीलंका, बर्मा लगायतका देशहरु स्वतन्त्र भएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।