शुक्रबार, साउन २९, २०८३

फेरि काबुलमा मारिए २ नेपाली : बिस्फोटमा १६ को मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा बम बिस्फोट हुँदा २ जना नेपालीसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ । १ सय १९ जना घाइते भएका छन् ।

बिस्फोटमा परी मृत्यु हुनेमा चितवन घर भएका कृष्ण थापा र रोल्पा घर भएका चन्द्र पुन रहेको कान्तिपुरले लेखेको छ । यद्यपी यसको आधिकारीक पुष्टि भएको छैन् ।

गार्दा वर्ल्ड तथा दिल्लीस्थित नेपाली दूतावास कुनैले पनि मृतकको परिवारलाई औपचारिक जानकारी गराएका छैनन्। 

थापा र पुन दुवैको घटनास्थलमा नै मृत्यु भएको हो। मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको ‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत थिए।

घाइतेमा कोही पनि नेपाली नरहेको जनाइएको छ। बिस्फोटको समयमा करिब ११८ जना नेपाली र केही नेपालीभाषी भारतीय नागरिक सुरक्षा गार्डका रुपमा तैनाथ थिए।

‘बिस्फोटमा परी १२ जना अफगानी र २ जना अर्को देशका सुरक्षा गार्डको पनि ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । उनीहरुका अनुसार बाहिरी पोस्टमा बिस्फोट गराएर ४÷५ जना तालिबानी आतंकवादी क्याम्प भित्र प्रवेश गरी अन्धाधुन्द गोलीबारी गरेका थिए। 

बिस्फोटका लागि ट्रक नै प्रयोग गरिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आत्मघाती हमलाको जिम्मा तालिवान समूहले लिएको छ। उसले विदेशी सैनिकलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। 

२०७३ असार ६ गते काबुलमै नेपाली सुरक्षा गार्ड सवार मिनिबसमा बम बिस्फोट हुँदा १४ नेपालीको मृत्यु भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।