शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्पतालमै मृगौलाको धन्दा, प्रहरीकै कम्प्युटर ह्याक 

अस्पतालमै मृगौलाको धन्दा, प्रहरीकै कम्प्युटर ह्याक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
 
अन्नपूर्ण पोस्ट्ले कांग्रेसमा धार्मिक स्वतन्त्रताको बहस चलेको विषयलाई मुख्य समाचार बनाएको छ भने ललितपुरको निदान अस्पतालमा मृगौला कालो धन्दा हुने गरेको खुसाला  गरेको छ ।
 
कान्तिपुर दैनिकले सरकारी जग्गा सामाजिक सेवाका लागि भन्दै निःशुल्क लिने र त्यसबाट भाडा असुल्ने धन्दालाई मुख्य समाचार बनाएको छ। यस्तै अफगानिस्तानको काबुलमा भएको बम विस्फोटमा १६ जनाको मृत्यु भएको र त्यसमा २ नेपाली पनि परेको विषयलाई प्राथमिकताका साथ छापेको छ।
 
नागरिक दैनिकले घरघरमा डेंगी शीर्षकमा मुख्य समाचार छापेको छ । ४२ जिल्लामा फैलिएको डेंगीले ५ जिल्लामा भने प्रकोपकै रुप लिएको र काठमाडौंमा पनि फैलिँदै गएको समाचारमा उल्लेख छ । चिनियाँ राष्ट्रपति नेपाल आउने सम्भावना बढेपछि स्वागतको तयारी सुरु गरिएको विषयलाई पनि नागरिकले महत्वका साथ छापेको छ।
 
नयाँ पत्रिकाले भने श्यामकृष्ण साह कलबारले खादै नखाएको ऋणको बोझ बोकाएका कारण पीडित बनेको गाउँको कथालाई मुख्य समाचार बनाएको छ । यस्तै एक महिनादेखि नेपाल प्रहरीकै कम्युटर ह्याक भएको र गोप्य डकुमेन्ट नियन्त्रणबाहिर गएको पनि नयाँ पत्रिकाले खुलासा गरेको छ । 

अस्पतालमै मृगौलाको कालो धन्दा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कै व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गराएको तथ्य फेला परेको छ। 

ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पुकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगले गत साउन अन्तिम साता रामेछाप दोरम्बाका शंकरलाल लामा (योञ्जन) को मिर्गौला प्रत्यारोपण गरेको फेला परेको हो।  श्रेष्ठ मिर्गौला प्रत्यारोपणमा श्रेष्ठ कुशल र अनुभवी चिकित्सक मानिन्छन्।

डा.श्रेष्ठले हजारौं मिर्गौलाका बिरामीको उपचार गरिसकेका छन्। श्रेष्ठकै नेतृत्वमा गैरकानुनी ढंगले मिर्गौला निकालेर र प्रत्यारोपण गरिएको छ। गैरकानुनी तरिकाले मिर्गौला प्रत्यारोपण गर्न निदान अस्पताल स्वयं चर्को आर्थिक प्रलोभनमा परेको हुन सक्ने फरकफरक स्रोतहरूले बताएका छन्।

योञ्जनलाई मिर्गौला दिन उनका भान्जा सञ्जीव घिसिङ तयार पारिए पनि मिर्गौला तस्कर र निदान अस्पतालका केही चिकित्सकको मिलेमतोमा परिवारभन्दा बाहिरका अर्कै व्यक्तिको मिर्गौला झिकिएको थियो। 

नातेदारभन्दा बाहिरका व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्नु गैरकानुनी हो। गैरकानुनी ढंगले झिकिएको मिर्गौला डा. श्रेष्ठको टोलीले योञ्जनको शरीरमा प्रत्यारोपण गरेको थियो।

अस्पतालले घटना गुपचुप पार्न खोजिरहेको ती बिरामीको भनाइ छ। निदानमा भेटिएका मिर्गौलाका बिरामीले अस्पताल प्रशासनले सत्यतथ्य बाहिर नल्याए प्रशासन गुहार्ने तयारी गरेका छन्। अस्पतालका कर्मचारीले समेत यो घटना छानबिन गर्न माग गरेका छन्।

एक महिनादेखि  नेपाल प्रहरीकै कम्प्युटर ह्याक : गोप्य डकुमेन्ट नियन्त्रणबाहिर 

नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार एटिएम ह्याक गरी बैंकको पैसा झिक्ने अन्तर्राष्ट्रिय ह्याकर पक्राउ गर्न सफल नेपाल प्रहरी आफैँ साइबर हमलाको सिकार भएको छ । नेपाल प्रहरीको केन्द्रीय तालिम केन्द्र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कम्प्युटर ह्याक भएको हो । 

प्रहरी स्रोतका अनुसार ह्याकरले प्रतिष्ठानस्थित प्रहरीको अधिकृत क्याडेडका लागि तयार तालिम सामग्री नै ह्याक गरेका छन् । जुन अत्यन्त गोप्य डकुमेन्ट हुन् ।

फाइलभित्र राखिएको डकुमेन्ट खोल्न खोज्दा ह्याकरले फिरौती रकम माग्ने प्रहरी स्रोतले जनायो । ‘एकेडेमीको कम्प्युटर ह्याक भएको रहेछ । फाइल ओपन गर्न खोज्दा फिरौती रकम माग्छ । यो गतिविधि कहाँबाट कसरी भइरहेको छ कुनै भेउ पाउन सकिएको छैन । अनुसन्धान निकै जटिल देखिएको छ,’ स्रोतले भन्यो । 

कम्प्युटरका डकुमेन्ट ह्याक भएको तथ्य महिना दिनअघि थाहा पाएको हो । त्यसपछि घटना अनुसन्धान गर्न प्रतिष्ठानले प्रहरी प्रधान कार्यालयस्थित साइबर ब्युरोलाई जिम्मा लगाएको छ । तर, अनुसन्धान टुंगिएको छैन । केही दिनमै परिणाम आउने अपेक्षामा प्रहरी छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।