काठमाडौं - प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान दिवसलाई विरोध दिवसको रुपमा मनाउने निर्णय गरेको छ। राजपाको जारी अध्यक्ष मण्डलको बैठकले असोज तीन गतेलाई विरोध दिवसको रुपमा मनाउने निर्णय गरेको हो।
हालसम्म संविधान संशोधन नभएको भन्दै राजपाले विरोध दिवस मनाउन लागेको राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले जनाए।
दोस्रो संविधानसभाबाट संविधान जारी हुँदा मधेश केन्द्रीत दलहरुले संविधान सभा बहिस्कार गरेका थिए। उनीहरुले संविधान संशोधनको माग गर्दै आएका छन्।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पनि मधेश केन्द्रीत राजपा र समाजवादी पार्टीसँग संविधान संशोधन गर्ने दुई बुँदे सहमति समेत गरेको छ। तर, संविधान संशोधनको प्रक्रिया हालसम्म अगाडि बढेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४