काठमाडौं - नेपाली नारीहरूले आज धुमधामसँग ऋषि पञ्चमी मनाउँदैछन्। भदौ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा सप्तऋषिको पूजा आराधना गरिन्छ।
महिलाले आज बिहानै उठेर ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरी त्यसपछि हरितालिका व्रत समापनका लागि गौदान, पूर्णपात्रलगायत काम गर्ने र त्यसपछि सप्तऋषिको पूजा गर्ने परम्परा छ ।
हरितालिका तीजको व्रत एवं पूजाआजा महिला-पुरुष दुवैले गर्ने शास्त्रीय मान्यता रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
रजस्वलाका समयमा छोइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमी पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।
यसैबीच काठमाडौंका शिव मन्दिरहरुमा पूजा गर्ने महिलाको भिड लागेको छ। काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान र टेकुको ऋृशेश्वर महादेव मन्दिरका केही दृष्यहरु - भिडियो : ऋृशेश्वर महादेव मन्दिर (दयासागर/नेपाल समय)
(तस्बिर : दयासागर र शिवराज/नेपाल समय)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...