शुक्रबार, साउन २९, २०८३

बिजुली बेच्न बेग्लै संस्था बनाइँदै  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– सरकारले बिजुली बेच्न छुट्टै संस्था खडा गर्ने तयारी थालेको छ।

हाल विजुली उत्पादन,  प्रशारण,  वितरण र ब्यापार सबैको काम विद्युत् प्राधिकरणको एकाधिकार छ । 

सरकारले ल्याउन लागेको विद्युत सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७६ मा बिजुली बेच्ने छुट्टै निकाय बनाउन लागिएको हो।

ऊर्जा,  जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको विधेयकमा विद्युत उत्पादन,  प्रशारण,  वितरण वा ब्यापारका लागि अलग अलग संस्था बनाउन प्रस्ताव गरिएको छ।

विधयेकमा विद्युतको उत्पादन,  प्रसारण,  वितरणमध्ये एकभन्दा बढी कार्य गरिरहेका संगठित संस्थाले ऐन प्रारम्भ भएको मितिले तीन वर्षभित्र अलग अलग काम गर्नु पर्नेछ। 

प्रस्तावित विधेयकको दफा १० मा विद्युत उत्पादन, प्रशारण,  वितरण वा ब्यापारका लागि एउटै निकाय वा संस्थालाई एकभन्दा बढी प्रयोजनमा अनुमति नदिने जनाइएको छ। 
विधेयक अनुसार प्राधिकरणले मात्रै सबै काम आफैंले गर्न पाउने छैन।

नेपालको विद्युत विकास र वितरणका लागि सरकारले यसअघि पनि दुईवटा संस्था बनाइसकेको थियो। 

तर कम्पनी मोडलमा जाने भन्दै ती संस्थाहरु सक्रिय भएका थिएनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।