शुक्रबार, साउन २९, २०८३

काठमाडौंमा एक जोडीले गरे आत्महत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - काठमाडौं महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा एक जोडीले सँगै आत्महत्या गरेका छन्।

खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौंको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँ आज बिहानसँगै रुखमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक खेम राउतले जानकारी दिए। 

स्थानीयले दिएको सूचनाका आधारमा  घटनास्थल पुग्दा उनीहरु झुण्डिएको अवस्थामा मृत फेला परेको गौशाला प्रहरीले जनाएको छ। उनीहरु दुवै जना खोटाङ कारागार बसेर निस्किएको बुझिएको छ। 

बाँसबारीमा परिवारसँगै बस्दै आएका गिरी मजदूरी गर्दथे। आज बिहान उनकी श्रीमती र छोरा प्रहरीको सम्पर्कमा आएका थिए। गिरी सोमबार बेलुका पशुपति घुम्न जान्छु भनेर निस्किएको श्रीमतीको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक राउतले बताए।

खोटाङ बस्दै आएकी दमाइँ काठमाडौं आएको कारण भने खुलेको छैन। उनी काठमाडौंमा दिदी–भिनाजुकहाँ बसेको पाइएको प्रहरीले जनाएको छ। दवैको आत्महत्याको विषयमा प्रहरीले अनुसन्धान थालेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।