धनगढी - अछाममा तिजमा नाच्ने क्रममा दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। अछामको ढकारी गाउँपालिका-२ मा सोमबार दिउँसो तिजमा नाच्ने क्रममा स्थानीय दुई युवा समूहको झडपमा एक जनाको मृत्यु भएको हो। झडपमा स्थानीय लोकेन्द्र बहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।
तिज कार्यक्रममा सोही वडा बस्ने ३९ वर्षीय लोकेन्द्र शाही, २८ वर्षीय राजेश शाही, ३९ वर्षीय विन्द्र शाही र २६ वर्षीय तपेन्द्र बहादुर शाहीबीच एक आपसमा विवाद भई झगडा भएको थियो।
कुटपिट गर्ने व्यक्ति फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको अछाम प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४