शुक्रबार, साउन २९, २०८३

तीजकै दिन खुर्पा प्रहार गरी श्रीमतीको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- पतिको सुस्वास्थ्य र दीर्घायुका लागि देशभरका महिलाहरू तीज मनाइरहँदा रुकुम पश्चिममा श्रीमतीको हत्या भएको छ । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले खुर्पा प्रहार गरी २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको हत्या गरेका हुन् । 

अत्यधिक मदिरा सेवन गरेका नवीनले सोमबार राती ८ बजे श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । घटनापछि फरार रहेका नवीनलाई आज बिहान घर नजिकैको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको र हत्यामा प्रयोग गरिएको खुर्पा पनि बरामद गरिएको प्रहरीले जनाएको छ । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।