काठमाडौं- आज देशभर मनसुन सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार पूर्वी तथा मध्यका केही र पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै, पूर्वी र मध्य पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्टयाङसहित वर्षाका साथै पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना हुने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४