हङकङ- सुपुर्दगीसम्बन्धी विधेयकको खारेजीविरुद्ध उठेको स्वतःस्फुर्त आन्दोलनले विकराल स्वरूप लिएपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले आफूसँग यस्तो संकट समाधान गर्न सक्ने क्षमता अत्यन्तै कम रहेको बताएकी छन् । उनले स्थिति नियन्त्रणबाहिर जान थाले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिन सक्ने आशय दर्शाएकी हुन् ।
हङकङका केही प्रमुख व्यवसायीहरूसँगको भेटवार्ताका क्रममा उनले हङकङमा हाल भइरहेको सामाजिक आन्दोलनलाई राजनीतिक रंग दिइन थालिएकोमा चिन्ता व्यक्त गरिन् ।
उनले अहिले राष्ट्रिय सुरक्षा र सम्प्रभुतामा नै खतरा आउन थालेकाले यस्तो विषम परिस्थितिमा कार्यकारीले पनि केही गर्न नसक्ने बताइन् ।
‘यदि म सक्थें भने सरक्क राजीनामा दिएर गम्भीर आत्माआलोचना गर्दै आफ्नो बाटो लाग्थें,’ उनले भनिन् ।
हङकङमा भइरहेका जनप्रदर्शनले पूर्वोत्तर एसियाको सामाजिक, राजनीतिक एवम् आर्थिक सोचमा वैकल्पिक धारको निर्माण हुँदै गएको चिन्ता सामरिक क्षेत्रका विज्ञले जनाइरहेका छन् ।
(एजेन्सीकाे सहयाेगमा)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४