शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयेगको आह्वान

उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयेगको आह्वान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगले विभिन्न कारणले पद रिक्त भएका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको हो। 

आयोगले संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता भएका वा सोही ऐनको दफा १० बमोजिम एकीकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दललाई भदौ मसान्तसम्म दर्ता हुनका लागि निवेदन दिन आह्वान गरेको छ । तर, २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य वा स्थानीय तह सदस्य निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता भएका राजनीतिक दलले यो उपनिर्वाचन प्रयोजनको लागि पुनः दर्ता हुनुनपर्ने आयोगले जनाएको छ। 

आयोगको यो निर्णय अनुसार तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा(, नयाँ शक्ति र संघीय समाजवादी फोरम एकीकरण भई बनेको समाजवादी पार्टी नेपाल, सिके राउत नेतृत्वको जनमत पार्टीले उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगमा निवदेन पेश गर्नुपर्नेछ ।  

दल दर्ताको लागि निवेदन दिँदा दलसम्बन्धी विवरण (नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, दलको पछिल्लो महाधिवेशन सम्पन्न भएको मिति, स्थान र केन्द्रीय कार्यालयको नाम र ठेगाना, दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी तथा संख्या, लेखा परीक्षण प्रतिवेदन, भाग लिन चाहेको उपनिर्वाचनको नाम, यसअघि प्राप्त गरेको चिह्नको सट्टा अर्को निर्वाचन चिह्न चाहेको भए कुनै तीनवटा चिह्न प्राथमिकता अनुसार र दलको संगठनात्मक स्वरूप) बुझाउनुपर्ने आयोगले जनाएको छ।

२०७४ सालमा विभिन्न चरणमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन भएको थियो। निर्वाचनपछि विभिन्न कारणले रिक्त भएका ५१ पदमा आयोगले उपनिर्वाचन गराउन लागेको हो । आयोगका अनुसार हाल प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहअन्र्तगतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ४, नगरपालिका प्रमुख १ र वडाध्यक्ष ४२ गरी ५१ पदमा उपनिर्वाचन हुनेछ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।