दाङ-दाङमा यात्रु बस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन्। प्यूठानको स्वर्गद्वारीबाट कपिलवस्तु जाँदै गरेको लु २ ख ६२६९ नम्बरको बस पूर्व-पश्चिम राजमार्गको गढवा–१ जुरौनीमा दुर्घटना हुँदा १५ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दुर्घटनामा परि अन्य ४ जना यात्रु गम्भीर घाइते भएका छन्। गम्भीर घाइतेको राप्ती पोलिक्लिनिक भालुवाङमा उपचार भैरहेको प्रहरीले जनाएको छ। बसमा ४५ यात्रु सवार रहेका बताइएको छ। विस्तृत विवरण आउन भने बाँकी रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४