भारतीय वायुसेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमान सेवामा फर्किएका छन्। भारतीय वायुसेना प्रमुख बीएस धनोआका साथ मिग-२१ मा उनले उडान भरेका थिए। झन्डै ६ महिनाअघि पाकिस्तानी वायु सेनाको लडाकु विमान खसाल्दा जवाफी कारबाहीमा उनको विमान पनि क्षतिग्रस्त भएर दुर्घटनामा परेको थियो। त्यसपछि उनी प्याराशुटबाट सकुशल जमिनमा ओर्लदा पाकिस्तानी भू-भागमा ओर्लन पुगेका थिए। त्यसलगत्तै पाकिस्तानी सेनाले उनलाई हिराशतमा लिएर सोधपुछपछि भारतको जिम्मा लगाएको थियो।
प्यालेस्टाइनका अधिकारीहरुले होन्डुरसले आफ्नो राजदूतावास इजरायलमा स्थापना गर्ने कदमको घोर भर्त्सना गरेका छन्। तेल अविबस्थित होण्डुरसको दूतावासको विस्तारित इकाईका रुपमा जेरुसलिममा समानन्तर नियोगको स्थापना गर्ने भएपछि प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशन (पिएलओ) का बरिष्ठ अधिकारीले पनि होण्डुरसको यस्तो कदमलाई आलोचना गरेका हुन्। केही समयअघि मात्र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी दूतावास इजरायलको क्षेत्रमा रहेको जेरुसलिममा सार्ने निर्णय गरेका थिए।
सुडानी प्रधानमन्त्रीले आफ्नो मुलुकमा संक्रमणकालिन सरकार गठनका क्रममा कसलाई कुन मन्त्रालयको जिम्मा दिने भन्ने कुरामा बाह्य हस्तक्षेप भएको भन्दै तिब्र आलोचना गरेका छन्।
चिनियाँ वस्तु माथि अमेरिकी सरकारले फेरि करको दर बढाएको भन्दै अमेरिकाको उपभोक्ता प्रविधि संघले घोर आपत्ति जनाएको छ। दुई देशबीच व्यापार तथा वाणिज्यका क्षेत्रमा सिर्जित दुईपक्षीय असमझदारी बढ्दै गएका बेला अमेरिकाले चीनबाट भित्रिने जुनसुकै वस्तु या सेवा उपर एकाएक कर बढाउँदै गएको हो। यि दुबै मुलुकका व्यापार-बाणिज्य प्रतिनिधिहरु उक्त असमझदारी हटाउन वार्तामा जुटेका छन्।
निशर्त युरोपेली संघ छोड्ने बेलायतको कदमले खाद्य संकट नरहने एक बेलायती मन्त्रीको अभिव्यक्त्तिले औद्योगिक क्षेत्रलाई चिढ्याएको छ। उपभोक्ता हित संरक्षणका विज्ञहरुले कुनै पनि थोक तथा खुद्रा बिक्रेताहरुले ब्रेक्जीकका कारण अवश्यंभावी रुपमा हुन जाने खाद्य संकटलाई टार्न नसक्ने भन्दै मन्त्रीको उक्त भनाईप्रति तिब्र असन्तुष्टी जनाएका छन्।
भारतीय नौसेनाका पूर्व नेवी कमाण्डर कुलभूषण जाधवलाई कन्स्युलर सेवाका लागि पाकिस्तानले सहजता दिने भएको छ। पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलले आईतबार यसबारे जानकारी दिँदै जाधवलाई भियना महासन्धी अन्तरगत तोकिएका सुविधा अनुसार कन्स्युलर एक्सेस दिइने बताए।
जापानी प्रशासनले विध्वंशकारी भूकम्पले टोकियो महानगरमा निम्त्याउन सक्ने संभावित विपत्तीलाई मध्यनजर गर्दै त्यसको तयारीका लागि बचावका अभ्यासहरु थालेको छ। आईतबार राष्ट्रिय विपत्ती रोकथाम दिवसका अवसरमा ७ दशमलव ३ रेक्टर स्केलसम्मको भूकम्पीय कम्पनलाई अनुमान गर्दै उक्त अभ्यासको आयोजना गरिएको हो।
भाजपाले भारतीय अर्थतन्त्र गम्भीर संकटतर्फ धकेलीनुका कारण विगतको कंग्रेस सरकार जिम्मेवार रहेको लाञ्छना लगाएको छ। भाजपाको यस्तो आरोपलाई भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले तर्कहिन एवम् केटौले अभिव्यक्ती भन्दै आरोपको खण्डन गरेका छन्।
संयुक्त राष्ट्रसंघले यमनी कारागारमा भएको साउदी हमला विरुद्ध कडा शब्दमा आलोचना गर्नुका साथै आक्रमणकारी पक्षले तत्काल त्यसको जवाफदेहिता लिनुपर्ने बताएको छ। यमनका लागि राष्ट्रसंघका विशेष दूत मार्टिन ग्रिफिथ्सले यस्तो अमानवीय हवाई हमलाको जिम्मेदार रहेको साउदी-इमिरेट्स संयुक्त सैन्य गठबन्धनले तत्काल मानवता प्रदर्शन गरी सैन्य कारबाही रोक्न माग गरेका छन्। साउदी-इमिरेट्स गठबन्धन सेनाले यमनमा हुथी नियन्त्रणमा रहेको एउटा कारागारमा हवाई हमला गर्दा सय जना कैदी बन्दी लगायत सर्वसाधारणको ज्यान गएको थियो। ग्रिफिथ्स यमनमा जारी द्वन्द्वको दीर्घकालिन समाधानका लागि द्वन्द्वरत पक्षहरुबीच शान्ति वार्ताको पहल गरिरहेका छन्।
जर्जियाका प्रधानमन्त्री ममुका बाख्ताजले सोमबार राजीनामाको घोषणा गरेका छन्। संसद्ले सरकार ढलाउने निश्चित देखेपछि उनले राजीनामाको घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
