शुक्रबार, साउन २९, २०८३

भैरहवामा तिज (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा - हिन्दू नारीको महान पर्व तिज पश्चिम तराईको जिल्ला रुपन्देही सदरमुकाम भैरहवामा पनि धुमधामका साथ मनाइएको छ। भैरहवाको नारायणस्थान मन्दिर, शिव मन्दिरमा यतिबेला तिजका भाकामा कम्मर मर्काउँदै नाच्नेको भिड छ। रातो साडि र ढकमक्क गहनाले सिँगारिएका महिलाले भैरहवामा छुट्टै रौनक थपेको छ।

नयाँ गीत तथा संगित आएपनि पुरानो शैलिका गायन र मादलको तालमासमेत चोक चोकमा रमाइरहेका महिलाको समूहले सबैलाई आकर्षित गरिरहेको छ। 

यता जिल्लाको दक्षिणी क्षेत्र मर्चवार जहाँ मधेशी समुदायको बाहुल्यता रहेको छ त्यहाँ पनि पहिलो पटक तिज मनाइएको छ। मर्चवारको समरिमाई गाउँपालिकामा मनाइएको तिजमा प्रदेश सांसद अस्ठभुजा पाठक, गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला महिलासँग तिजका गीतमा छमछमी नाचेका थिए। मधेश र पहाडलाई जोड्न तिज कार्यक्रम पहिलो पटक आयोजना गरिएको भगवती राउतले बताइन्।

















प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।