शुक्रबार, साउन २९, २०८३

फरार प्रतिवादी पक्रन गोली चलाइयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नेपालगन्ज - चोरी मुद्दाका प्रतिवादीलाई नियन्त्रणमा लिन क्रममा प्रहरीले गोली चलाएको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा लिने क्रममा सोमबार गोली चलाएको हो। प्रहरीले चलाएको मोटरसाइकलबाट न्यौपानेले हाम फालेर भाग्न खोजेपछि गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

न्यौपानेको खुट्टामा गोली लागेको र उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

२०६८ सालमा बर्दियाको बाँसगढीमा संयुक्त राष्ट्र संघको गाडीमा हतियार देखाएर लुटपाट गरेको अभियोगमा उनलाई ६ वर्ष जेल सजाय तोकिएको थियो तर, उनी लामो समयदेखी फरार रहँदै आएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।