शुक्रबार, साउन २९, २०८३

तस्बिरमा हेर्नुस् सन्तानेश्वर मन्दिरमा तिजको रौनक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ललितपुर - भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । 

विवाहित महिलाले पतिको दिघायू र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै ब्रत बस्ने गर्दछन् । शास्त्रीय रुपमा महिला, पुरुष दुवैले तीजको व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।  

व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय बचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। 

यसैबीच आज देशभरका  शिवालयमा दर्शनार्थीहरुको भिड लागेको छ। सोमबार बिहानैदेखि विशेषगरि महिलाको शिव मन्दिरमा घुँइचो बढेको छ। ललितपुरको सन्तानेश्वर महादेवको मन्दिरमासमेत बिहानैदेखि भिड लागेको छ। हेर्नुस् तस्बिर (तस्बिर : दयासागर/नेपाल समय) -





















प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।