शुक्रबार, साउन २९, २०८३

एटिएम ह्याक गरि पैसा चोर्ने अर्का चिनियाँ पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- एटिएम ह्याक गरेर करोडौं चोरी गर्ने चिनियाँ गिरोहका थप एक जना पक्राउ परेका छन ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार राति त्रिभुवन विमानस्थलबाट ५ हजार अमेरिकी डलर सहित सु लुसिङलाई पक्राउ गरेको हो । 

प्रहरीले एटिएम ह्याक गर्दै विभिन्न बैकका एटिएम कार्ड प्रयोग गरि साढे ३ करोड बढि रकम चोरीमा संलग्न ५ जना चिनियाँ नागरिक आइतबार सार्वजनिक गरिएको थियो ।

शनिबार दिउँसोदेखि प्रहरीले ह्याकर समूहका पाँच जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ र चेन बिन बिन रहेका छन्। 

प्रहरीले उनीहरुको साथबाट भने एक करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको बताएको छ। 

तर राष्ट्र बैंकले भने ३ करोड ५४ लाख रुपैयाँ एटिएमबाट झिकिएको जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।