बिहीबार, असार ११, २०८३

तीजमा खोलियो पशुपतिनाथ मन्दिरको पूर्वी ढोका 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
National life
Shivam cement
काठमाडौं- पशुपतिनाथ क्षेत्र विकास कोषले लामो समयदेखि बन्द गरिएको पशुपतिनाथ मन्दिरको पूर्वी ढोका सर्वसाधारणका लागि खुला गरेको छ ।

तीजका व्रतालुलाई मन्दिर दर्शन सहज बनाउन तीजको अवसरमा ढोका खोलिएको कोषले जनाएको छ । २०६५ सालदेखि सर्वसाधारणका लागि पूर्वीढोका बन्द गरिएको थियो । त्यसयता मन्दिरमा जल ल्याउन मात्र ढोका खोलिने गरेको थियो । 

पूर्वी ढोका खोलिएसँग तीजका व्रतालुलाई मन्दिर दर्शन गर्न सहज भएको छ । व्रतालुले लाइन बसेको बढीमा दुई घन्टाम दर्शन गर्न पाउने कोषले जनाएको छ ।  

तीजमा छिटो र सहजरुपमा पशुपतिनाथ मन्दिरको दर्शन गराउनका लागि आजबाट पूर्वी ढोका खोलिएको हो । 

तीज, बालाचतुर्दशी, महाशिवरात्रि, साउने सोमबार जस्ता बढी भीड हुने पर्वमा धेरै समयसम्म लाइनमा बस्नु परेको गुनासो भक्तजनबाट आउन थालेपछि कोषले पूर्वी ढोका पनि खुला गरेको हो । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।