शुक्रबार, साउन २९, २०८३

उपनिर्वाचनका लागि दल दर्ता गराउन आयोगको आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ।

यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सो आह्वान गरेको हो। प्रतिनिधिसभा १, प्रदेशसभा ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र ३६ जिल्ला ४१ वडाध्यक्षका लागि निर्वाचनका लागि उपनिर्वाचन हुन लागेको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको आयोगको बैठकको निर्णयपछि सो आग्रह गरिएको हो। थपलियाका अनुसार भदौ १६ गतेदेखि मसान्तसम्ममा उपनिर्वाचनमा भाग लिन चाहने दलहरूले आयोगमा नाम दर्ता गराउनुपर्नेछ। 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोेजिम आयोगले सो आह्वान गरेको हो। 

यसैबिच, निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका लागि समाजवादी पार्टी र नेकपा पुनः दर्ता हुनुपर्ने भएको छ । पार्टी एकिकरणपछि पहिलोपटक चुनाव हुन लागेकाले आयोगले दल दर्ता गर्न भनेको हो ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।