काठमाडौं- एटीएम ह्याक प्रकरणपछि नेपाल राष्ट्र बैंकले बैंकका प्रतिनिधिको आकस्मिक बैठक बोलाएको छ । बैठक केही बेरमा सुरु हुँदैछ ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले ह्याकरले नेपाली बैंकलाई निशानामा पारेपछि सुरक्षाका विषयमा छलफल गर्न बैंक र एटिएम प्रोभाइडर संस्थाका प्रतिनिधिसहितको बैठक बोलाइएको जानकारी दिए ।
शनिबार राति दरबारमार्गमा बैंकिङ सिस्टम ह्याक गरी रकम निकाल्दै गर्दा प्रहरीले पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट १ करोड २६ लाखभन्दा बढी रूपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४