काठमाडौं- दैनिक १० घण्टा उडान बन्द गरेर स्तरोन्नति गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबार (आज)देखि फेरि बन्द भएको छ ।
स्तरोन्नतिको दोस्रो चरणको कामका लागि आजबाट दैनिक ७ घण्टा विमानस्थल बन्द गरिएको हो ।
विमानस्थलको दोस्रो चरणको काम आजदेखि सुरु हुने भएकाले उडान अवतरण बन्द गरेर स्तरोन्नति गर्न लागिएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले बताए। आज (सेप्टेम्बर १ )बाट डिसेम्बर ३१ सम्म राति साढे ११ बजेदेखि विहान साढे ६ बजेसम्म उडान अवतरण नै बन्द गरेर निर्माणको काम थालिएको उनले जानकारी दिए ।
यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अप्रिल १ देखि जुन ३० सम्म दैनिक १० घण्टा बन्द भएको थियो। विमानस्थलको तीन हजार ५० मिटर (१० हजार सात फिट) लामो धावनमार्ग जीर्णोद्वार गर्नका लागि बन्द गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४