एजेन्सी- स्पेनिस लालिगा फुटबलमामा शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनासँग २-२ १६ वर्षीय अन्सुल फातीले एक गोल गरे । यसै सिजनबाट बार्सिलोनाको सिनियर टोलीमा स्थान बनाएका फातीले ला लिगामा आफ्नो पहिलो गोल गरेका हुन् ।
उनले ५१औं मिनेटमा पेरेजको लामो सापमा उत्कृष्ट हेडर गर्दै डेब्यु गोल गरे । त्योसँगै अन्सुले बार्सिलोनाको इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान राखेका बनाएका छन् भने ला लिगाको इतिहासमा सबै भन्दा कम उमेरमा गोल गर्ने तेस्रो खेलाडी बने।

उनी खेलको खेलको ४६ औं मिनेटमा डिफेन्डर नेल्सन सेमेडोको स्थानमा मैदान प्रवेश गरेका थिए। उनले बार्सिलोनाका लागि खेलेको दोस्रो खेलमा नै गोल गर्न सफल भएका छन्। उनले ला लिगामा आफ्नो पहिलो खेल रियल बेटिसविरुद्ध खेलेका थिए । खेलको ७८ औं मिनेटमा कार्लोस पेरेजको स्थानमा मैदान प्रवेश गर्दै फातीले बार्सिलोनामा डेब्यु गरेका थिए ।
सिनियर टोलीमा अन्सुको आगमन
ला लिगा सुरु भएको पहलो खेलमा नै स्टार खेलाडी चोटका कारण गुमाएपछि बार्सिलोनाले उनलाई विकल्पको रुपामा टोलीमा समावेश गरेको थियो । उनलाई लिगको दोस्रो खेलका लागि २१ अगस्टमा सिनियर टोलीको प्रशिक्षणमा बोलाइएको थियो ।
१६ वर्षीय अन्सुले पहिलो पटक क्याम्प नाउमा प्रशिक्षण लिएका थिए । चार दनिको प्रशिक्षण पछि उनी रियल बेटिसविरुद्ध खेल्ने टोलीमा समावेश भएका थिए । उक्त खेलमा फातीले डेब्यु गरेका थिए ।
चोटले पिरोलेको बार्सिलोनाका स्टार खेलाडी कप्तान लियोनल मेस्सी, लुइस स्वारेज र उस्माने डेम्बले चोटका कारण मैदान बाहिर भएपछि प्रशिक्षक एर्नेस्टो भाल्भार्डेले अन्सुलाई एक विकल्पको रुपमा टोलीमा समावेश गरेका थिए। प्रशिक्षक भाल्भार्डेले अन्सुको डेब्युले टोलीलाई केही राहात हुने अनुमान समेत गरेका थिए । जुन सावित पनि भएको छ ।

युवा लेफ्ट विंगर अन्सु यतिबेला बार्सिलोनाको युवा टोलीमा निकैनै लएमा देखिएका थिए । उनले गत सिजन जुभेनिल ‘ए’ टिममा प्रशिक्षक भिक्टर भल्डेससँग काम गरे । जहाँ उनी १५ गोल गर्दै सर्वाधिक गोल कर्ता समेत बनेका थिए ।
त्यसपछि उनी यसै प्रि–सिजनमा बार्सिलोनाको टिम ‘बी’ मा बढुवा भएका थिए । उनले बार्सिलोनाको टिम ‘बी’बाट प्रि-सिजनका खेल मात्र खेलेका थिए । प्रि-सिजनमा गरेको उनको प्रदर्शन कै कारण प्रशिक्षक भाल्भार्डेले सिनियर टोलीमा विकल्पको रुपमा समावेश गरेका थिए ।
दक्षिण अफ्रीकाको गिनी बिसाउमा जन्मिएका अन्सुले सन् २००९-१० मा हेरेराबाट आफुना युवा फुटबल जीवनको सुरुवा गरेका थिए । त्यसपछि २०१० देखी २०१२ सम्म सेभिल्लाको युवा टोलीमा रहे।

उनी सन् २०१२ मा १० वर्षको हुँद बार्सिलोना पुगेका थिए । उनले बार्सिलोनाका हरेक युवा टोलीका प्रशिक्षकसँग प्रशिक्षण लिए र आफुलाई उत्कृष्ट सावित गर्दै गए । यसै सिजन उनलाई युरोपका थुप्रै क्लबले फ्रेस अनुबन्धका लागि बार्सिलोनासँग प्रस्ताव समेत गरेको थियो ।
तर, बार्सिलोनाले उनको प्रस्तावलाई स्वीकारेन् । अन्सुले २०२२ सम्मका लागि बार्सिलोनासँग सम्झौता गरेका छन् । जब उनी १९ वर्षका पुग्नेछन् तब उनको मुल्य १०० मिलियन युरो हुने सम्झौतामा उल्लेख भएको बताइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४