शुक्रबार, वैशाख ४, २०८३

युभेन्टसको जितमा रोनाल्डोको गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ईटालियन सिरी ए फुटबलमा युभेन्ट्सले नेपोलीमालाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले नेपोलीलाई ४–३ गोलले पराजित गरेको हो।

युभेन्टसको जितका लागि ड्यानिलो, गोन्जोलो हिग्युनले र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो। नेपोलीका लागि कोस्टास मानोलस, हिर्भिङ लोजानो, जियोवन्नी डी लोरेन्जोले एक एक गोल फर्काएका थिए। 

खेलको १६ औं मिनेटमा ड्यानिलोले गोल गर्दै रेलु टोली युभेन्ट्सलाई अग्रता दिलाए । १९ औं मिनेटमा गोन्जालोले युभेन्ट्सको अग्रता दोब्बर पारे। पहिलो हाफमा २-० को अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा थप एक गोल गर्दा एक गाल आत्मघाती उपहार पाएको थियो भने तीन गोल खान पुग्यो ।
 
६२ औं मिनेटमा रोनाल्डोको गोलबाट युभेन्ट्स ३-० ले अगाढी बढ्यो । तर त्यसपछि नेपोलीले लगातार तीन गोल गर्यो।६६औं मिनेटमा कोस्टासले गोल गर्दा त्यसको दुई मिनेट नबित्दै हिर्भिङ लोजानोले गो गर्दै खेल ३-२ को स्थितिमा ल्याए। 

८१ औं मिनेटमा जियोवन्नी डी लोरेन्जोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर, खेलको इन्जुरी समयमा नेपोलीका कालिदौ कोलीबालीले आत्मघाती गोल गरेपछि युभेन्ट्स ४–३ ले विजयी भयो।

यस जितसँगै युभेन्ट्सले २ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ। नेपोलीको समान खेलबाट ३ अंक सहित आठौं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।