शुक्रबार, वैशाख ४, २०८३

मेस्सीविनाको बार्सिलोना बराबरीमा रोकियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-आफ्ना स्टार खेलाडी लियोनल मेस्सी र लुइस स्वारेजविना मैदान उत्रिएको बार्सिलोनोता ओसासुनासँग बराबरीमा रोकिएको छ । ला लिगा फुटबल अन्तर्गत शनिबार राती भएको खेलमा ओसासुनासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोली ओसासुनाले लिएको थियो । खेलको सातौं मिनेटमा रोबर्टो टोरेसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको ओसासुनाले दोस्रो हाफमा अग्रता जोगाउन सकेन। 

खेलको ५१ औं मिननेटमा १६ वर्षीय यूवा राइजिङ स्टार खेलाडी अन्सु फातीले गोल गर्दै खेल बराबरीमा ल्याए। यस गोलसँगै उनी ला लिगामा बार्सिलोनाबाट सवार्धिक कम उमेरमा गोल गर्ने खेलाडी बने ।

यस्तै ६४ औं मिनेटमा अर्थरले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । तर, खेलको ८१ औं मिनेटमा ओसासुनाका टोरेसले पेनाल्टीमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए।

यस बराबरीसँगै बार्सिलोनाले ३ खेलबाट ४ अंक जोडेर अंक तालिकाको सातौ स्थानमा छ । समान खेल खेलेको ओसासुना ५ अंक सहित पाँचौै स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।