शुक्रबार, वैशाख ४, २०८३

नेपाल यू-१५ च्याम्पियनसिप उपविजेता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- भारतमा सम्पन्न पाँचौ संस्करणको साफ यू-१५ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ। शनिरका घरेलु टोलीसँँग कल्याणी रंगशालामा भएको फाइनल खेलमा ७-० को फराकिलो अन्तरले पछि हुँदै नेपाल प्रतियोगिताको उपविजेता बनेको हो।

भारतको जितका लागि टाइसन सिंहले दुई तथा महेसन, अमन दीप, सिवजित सिंह, हिमान्सु जंगा्र र सिद्धार्थले एक एक गोल गरे । खेलको १५ औं मिनेटमा महेसनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । 

४२ औं मिनेटमा अमन दीपले गोल गर्दे भारतको अग्रता दोब्बर बनाउँदा पहिलो हाफको इन्जुरी समय शिवजितले गोल गर्दै अग्रता तेब्बर पारे। पहिलो हाफमा ३-० को अग्रता बनाएको भारतले दोस्रो हाफमा थप ४ गोल गर्यो । 
Image
खेलको ५२ औं मिनेटमा टाइसनले गोल गर्दै घरेलु टोलीलाई ४-० को अग्रता दिलाए । त्यस्तै ६५ औं मिनेटमा हिमान्शुले गोल गर्दा ७६ औं मिनेटमा टाईसनले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ६-० को अग्रता दिलाए । त्यस्तै ८० औं मिनेटमा सिद्धार्थले गोल गर्दै घरेलु टोलीलाई ७-० को फराकिलो जित दिलाए। 

यसै प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ५-० को फराकिलो अन्तरले पराजित भएको थियो । यू-१५ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पभारतसँग पराजित भएको यो तेस्रो पटक हो। यसअघि सन् २०१३ र २०१७ मा भएकोमा प्रतियोगितामा नपाल भारतसँग पराजित भएको थियो ।
Image may contain: 2 people, people smiling, outdoor
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।