शुक्रबार, वैशाख ४, २०८३

नेपाल पहिलो हाफमा भारतसँग ३-० ले पछि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- पाँचौ संस्करणको साफ यू-१५ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल भारतविरुद्ध पहिलो हाफमा ३-० ले पछि परेको छ । खेलको १५ औं मिनेटमा भारतका महेसनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

त्यसपछि पहिलो हाफ सकिन मात्र तीन मिनेट बाँकी रहँदा भारतले अग्रता दोब्बर गर्यो। ४२ औं मिनेटमा अमनदीपले गोल गर्दा नेपाल २-० ले पछि परेको हो। पहिलो हाफको इन्जुरी समयमा भारतका शिवजित सिंहले गोल गर्दै पहिलो हाफमा नेपालमाथी ३-० को अग्रता बनाएको हो ।

यसै प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ५-० को फराकिलो अन्तरले पराजित भएको थियो । यसअघि सन् २०१३ र २०१७ मा भएको यू-१५ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित हुँदै उपाधिबाट बन्चित भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।