बिहीबार, साउन २८, २०८३

मेस्सी अझै बार्सिलोनाको टोली बाहिर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगा अन्तर्गत ओससुनाविरुद्धको खेल गुमाउने भएका छन्। पिडुलाको चोटका कारण सुरुवाती दुई खेल गुमाएका मेस्सीले ओससुनाविरुद्धको तेस्रो खेल पनि गुमाउने भएका हुन्। 

बार्सिलोनाले सार्वजनिक गरेको १८ जना खेलाडीको टोलीमा मेस्सीलाई समावेश गरेको छैन्। उनीसँगै लुइस स्वारेज, नेटो र ओस्माने डिम्बले पनि अनुपस्थित रहने छन्। एक पटक फेरी १६ वर्षीय अन्सु फाटी टोलीमा अटाएका छन् । उनले आफ्नो पहिलो खेलमा नै ७८ औं मिनेटमा कार्लोस पेरेजको स्थानमा मैदान प्रवेश गर्दै डेव्यु गरेका थिए । 

यस खेलमा पनि यसै सिजन एथ्लेटिको मड्रिडबाट भित्र्याइएका एन्टोनि ग्रिजमनले टोलीको मुख्य फरवार्डको जिम्मेबारी सम्हाल्ने छन् । उनले रियल बेटिसविरुटको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेका थिए। 

प्रशिक्षक एर्नेस्टो भाल्भार्डेले मेस्सी भ्यालेनिसयाविरुद्धको खेलका लागि मैदानमा उपस्थित हुन सक्ने आसा रहेको बताएका छन्। ‘मलाई आसा छ की मेस्सी भ्यालेन्सियाविरुद्धको खेलमा सहभागिता जनाउने छन्।’ 

प्रशिक्षक भाल्भार्डेले भने, ‘फेरि च्याम्पियन्स लिग सुरु हुँदै छ। त्यसैले पनि उनी छिट्टै टोलीमा फर्किने छन्। तर, अबको दुई हप्तामा उनी कसरी अगाडी बढ्छन् त्यो भने हेर्ने छौं।’ 
Image
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।