शुक्रबार, साउन २९, २०८३

गौहत्या घटनाप्रति कांग्रेसको ध्यानाकर्षण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत कटकुवा वन क्षेत्रमा करिब दुई दर्जन गाई मृत र सयौंको सङ्ख्यामा घाइते अवस्थामा भेटिएको सामाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

कांग्रेस संसदीय दलले शुक्रबार एक विज्ञप्तिमार्फत गाई राष्ट्रिय जनावर मात्र नभएर धार्मिक दृष्टिकोणले पनि छुट्टै महत्व रहँदै आएको उल्लेख गर्दै नेपालको संविधानले संरक्षित गरेको गाईको हत्या गर्नु जघन्य अपराध भएको ठहर गरेको छ । 

पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा यस्ता घटना घट्नु अत्यन्त निन्दनीय एवं दुःखदायी विषय भएको उल्लेख गर्दै गौहत्याप्रति आपत्ति र भर्त्सना गरिएको छ । कांग्रेसले घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कानुनी कारबाही गर्न र यस्ता किसिमका घटनालाई पुनः दोहोरिन नदिन सरकार एवं सम्बन्धित निकायसँग माग गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।